Sunday 10 June 2018

देब सजन सुनार को अति मन छुने कविता

'अछुत'

हामिले बनाएको मुर्तिको हजुर पाऊँ छुनु हुन्छ।
हामिले गोडमेल गरेको बगैंचाको फुल लिएर
हजुर मन्दिर मा भगवानलाई चढाउनु हुन्छ।
अछुत भनेर हामीलाई नै
मन्दिर भित्र पस्न बन्चित गरिन्छ ।
भन्नुहोस् महाराज! म कसरी अछुत भए?

लाज ढाक्न हजुर को शरीरमा कपडा
मैले सिलाएको हु
बदलामा दमाई भए ।
हजुर को कोमल पाँऊमा काढाँ बिच्छकी भनेर
मैले जुत्ता बनाए
बदलामा सार्की भए ।
हजुर को भान्सामा दाल पाक्ने कडाइ
मैले बनाएको हु
बदलामा कामी भए ।
हजुरको घरमा अशुभ हुदा
मैले बनाएको बाजा बजाउदा शुभ हुने घरलाई
मैले छुदा कसरी अशुभ हुन्छ ?
भन्नुहोस् महाराज! आज छातिमा हात राखेर
म कसरी अछुत भए?

संसारको सबै भन्दा ठुलो
प्रयोगशालामा लिएर जाँच्नुहोस्
तपाई को र मेरो रगत मा के फरक छ ?
यो पनि परिक्षण गर्नुहोस्
तपाई ले फेर्ने श्वास र मैले फेर्ने श्वास मा
के फरक पाउनु हुन्छ ?

ठूलो घनले हानेर मेरो निधार
फुटाउनुहोस् ।
कतै मेरो निधार मा अछुत लेखेको भेटाउनु हुदैन।
भन्नुहोस् महाराज ! म कसरी अछुत भए ?

मैले सबथोक छोएको छु
मैले छोएको खादैँमा कोहि सानो हुने भए
आज यो पृथ्वीका सबै मान्छेहरु
कमिला जत्रै हुने थिए  ।
किन कि तपाई ले बनाएको अछुत म
यहि पृथ्वीमै छु ।


देब सजन सुनार
जाजरकोट
हाल-बिरेन्द्रनगर,सुर्खेत

No comments:

Post a Comment