१)
मायामा सत्ता दिने सरकार, बनाउछु ।
तिमी बस्ने मनलाई घरवार, बनाउछु ।।
खोजे पछि नपाउने यो संसारमा ।
सपनाको एउटा ठूलो दरबार, बनाउछु ।।
२)
मुस्कुराउने सधै आज रिसाएर, गए पछि ।
रिस, डाहा, माया संगै मिसाएर, गए पछि ।।
के नै भन्न सकिन्छ र, अनावरत मन दुखाएर ।
पिर, व्यथा साथमा पीडा बिसाएर, गए पछि ।।
३)
साच्चिकै हो मान्छे कस्तो, हुनुपर्छ ?
यो दुनिया सारा म जस्तो, हुनुपर्छ ।।
मानव होस या दानव, यो दुनियामा ।
म भन्दा नि दुई पैसाले सस्तो हुनु पर्छ ।।
४)
यो संसार दुनिया शहर, उस्ता~ उस्तै ।
उनका मेरा अनगिन्ती रहर, उस्ता~उस्तै ।।
न सोछे जस्तो भैदिन्छ, न भने जस्तो ।
मन भितका पीडा बहर, उस्ता~उस्तै ।।
५)
म बस्ने यो मुटुको घर, हरायो ।
एकासी आफैबाट रहर, हरायो ।।
ठुला सपना देखे, मन भित्र नाम लेखे ।
त्यै सपना भित्रको शहर, हरायो ।।
६)
मेरो जीवन सिसा सरि, फुटेपछि नसम्झनु ।
होला कहाँ यो चिन्तन, लुटेपछि नसम्झनु ।।
सधै बोल्छ्यौ मन पेट खोल्छ्यौ, अर्कै संग तिमी ।
आफैसंग मनको नाता, छुटेपछि नसम्झनु ।।
७)
म गाउमा थिए उता शहर, रमाएछ ।
मेरो पिडामा तिम्रो रहर, रमाएछ ।।
न धन छ, न त मन नै छ, थिरमा मेरो ।
तिम्रो खुसी सधै मेरो बहर, रमाएछ ।।
८)
पिडा भए मुटुमा चिन्तन, रुन सक्छ ।
पिर,व्यथा पग्लिएर यो मन, रुन सक्छ ।।
फरक धारे कुरा, काटे पछि कसैले ।
बाचुन जेलको सहकार्य जिवन, रुन सक्छ ।।
९
मुखमा माया मनमा पाप, 'लुकाएको' किन होला ।
सोझो-सिधा 'चिन्तन'को मन, 'दुखाएको' किन होला ।।
भएपछि इमान्दार, अनि सोझो~सिधा ।
जाजरकोटमा ठाडो शिर, 'झुकाएको' किन होला ।।
१०
म मरेको दिन, रात होला सायद ।
रनभुल्ल एकै छिन, रात होला सायद ।।
कोहि रमाउने होलान, कोहि रुने, रुवाउने ।
दुनिया साच्चिकैको म बिहिन, रात होला सायद ।।
भैरब 'चिन्तन' के सी
शिवालय, जाजरकोट
हाल~काठमाडौं नेपाल
No comments:
Post a Comment