Sunday 27 May 2018

आज २०७५ साल जेठ १३ गते आइतवार, तदअनुसार मे २७, २०१८आजको राशिफल


 मेष : शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । 
बृष : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।लाभदायक यात्रा हुनेछ ।

मिथुन : प्रेममा मधुरता छाउनेछ । अधुरो काम पूरा हनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

सिंह : शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कन्या : नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

तुला : नयाँ कार्यको थालनी हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा आउनेछ ।

 धनु : बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर : नयाँ कार्यको योजना बन्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भ : पुनर्मिलनको योग रहेको छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीन : ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

No comments:

Post a Comment