Saturday 26 May 2018

आज २०७५ साल ज्येष्ठ १२ गते शनिवार, तदअनुसार मे २६, २०१८ (साप्ताहिक राशिफल जेठ १२ देखी १८ गतेसम्म)



मेष
शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष 
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । परिवारमा मायामा कमी आउने छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गाढा पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन 
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट 
दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सामान हराउने वा चोरी हुने भयछ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शनगरी कार्य आरम्भ  गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह 
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग आकासे नीलो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या 
धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला 
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म-कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक 
चोरबाट भय  रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ३,५,र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

धनु 
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । रमाइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । मध्य सातामा कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ

कुम्भ 
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,६ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन 
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । व्यवसायमा मन्दी आउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । साताको अन्त्यबाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

No comments:

Post a Comment