Thursday 6 December 2018

मलाई यो दुनियाँले जे भने नि निराश ,हतास उदास, हुँदैन -SIPALU KURA


मलाई यो दुनियाँले जे जस्तो भनेपनि जेजस्तो सोचेपनी निंदा गरेनी, घिर्ना गरेनी, कुरा काटेपनि ,इर्श्या गरेपनि एक्लो बनाएपनि साथ नदिएपनि म कहिल्यै निराश ,हतास उदास, हुँदैन किनकि मैले जानेको छु मैले सिकेको छु, मैले पढेको छु जो ब्यक्ति  अहिले सफल छन् तिनीहरुलाई पनि यस्तै भएको थियो दुनियाले साथ  छोडेका थिए पागल भनेका थिए मैले पढेको छु राइट ब्रदर को बारेमा उनीहरुले जब मान्छेलाई आकाशमा उडाउने कुरा गर्थे प्लेन बनाउने योजना बनाउँथे तब गाउँलेहरुले यिनीहरु पागल हरु हुन भनेर खिल्ली उडाउथे अस्पताल लिए मानसिक परीक्षण गरे उनीहरु दिमागी रुपमा सही थिए तर जुनुनी  पागल थिए केही गर्नुपर्छ इतिहास रच्नु पर्छ दुनियालाई आफ्नो इतिहास बढाउनुपर्छ विचारमा थिए ।बीचमा धेरैले समाजबाट निकालिने कुरा गरे निन्दा गरे कुरा काटे तर उनी सफल भए ।त्यस्तै थोमस एल्बा एडिसन लाइपनि यस्तै भनेका थिए कुनै दिन जब उनी रात लाइ दिन बनाउँछु भनेर लागे। त्यसपछि उनी ती कुरामै पागल भने दुनियाको कुरै सुनेनन् बोल्ने बोलिरहन्थे गर्ने गरिरहन्थे। तर थोमस कहिले डराएनन् कहिले थिएनन् अहिले हतास भएनन् किनकी पागल  बनेका थिए आफ्नो काममा 9999 पटक फेल भएर पनि 10000 पटकमा उनले बत्ती बनाएरै छोडे रात लाई दिन बनाएरै छोडे यति महान ,महान मान्छेलाई सुरुमा त विश्वास गरेनन् भने हामी त हामी त झन् के हो र दुनियाले हामी सफल हुनलाई अनेकपटक रोक्न सक्ने छन कुरा काट्ने छन् हामी डराउनुहुँदैन ।आफ्नो बाटो छोड्नुहुँदैन आफ्नो लक्ष्य छोड्नुहुँदैन किनकि आफ्नो बाटो आफै बनाउनुपर्छ हामी एक्लै जन्मिएका हौ अनि जिन्दगीको अन्तिम लडाइँ सम्म हामी आफ्नै लड्नु पर्नेछ।

No comments:

Post a Comment