Sunday 6 May 2018

झरना बि मगर का अत्यन्तै मार्मिक गजल

 गजल



अन्त अन्तै पल्किएको देखेकी छु मैले
रिसको आगो सल्किएको देखेकी छु मैले।

टुटेपछि माया प्रेम बनिहाल्छन एकोहोरो
माइतै उमेर ढल्किएको देखेकी छु मैले।


कति साह्रै उत्ताउलो बन्न पर्ने कठैबरा
बैश पनि छल्किएको देखेकी छु मैले।


रुपका सुन्दर मनका राम्रा हुदैन्न हो सबै
भटिने जति टल्किएको देखेकी छु मैले
#झरना बि मगर

No comments:

Post a Comment