Sunday 6 May 2018

धनसिंङ के सि का अत्यन्तै मार्मिक गजल



पगाली दिन्छन जनताको मन कति सजिलै
भासणमा मात्र हुन्छ परिवर्तन कति सजिलै

यो देशलाई सिङ्गापुर बनाई दिन्छौ भन्दै
ढाट्नु सम्म ढाटी दिन्छन ,,कति सजिलै।।

जस्को विरुद्धमा बन्दुक चलाए हिजो सम्म
बने  आज  मुटु  धट्कन ,,कति सजिलै।।।

बर्शौ देखि राजनीति गरेकालाइ पन्छाएर
टिकट पाउँछन् गुन्डा र डन कति सजिलै।।

बेइमानी र भ्रष्टाचारमा मुछिएका पनि
चुनाव सङ्गै बने सज्जन कति सजिलै।।

धनसिंङ के सि
आठबिसकोट न पा १२ ठुलिबार्खु रुकुम हाल कतार

No comments:

Post a Comment