Monday 14 May 2018

देब सजन का उत्कष्ट ३ ओटा गजल र ३ ओटा मुक्तक

गजल
०१
बाऊ  आमाले   सधै-सधै सन्तान  सम्झिन्छ
सन्तान   ले  प्रेमिका  को  ज्यान  सम्झिन्छ।

जुन ब्यक्ति  हिजो मलाइ केही  सम्झिदैन्थ्यो
गजल सुन्छ  आज उस्ले   महान  सम्झिन्छ।

बेस्यालय खोल सरकार बलात्कारी रोकिन्छ कि
नवजात शिशुलाई बलात्कारीले जवान सम्झिन्छ।
चोर  हो दुनियाँले उसलाई  चोर  नै सम्झन्छन्
उस्को  परिवार  ले उसलाई भगवान  सम्झिन्छ।

०२
खेतबारी जे-जति साहुको नाम'मा सारा बन्यो
जब पढ्न पठाएको शहरमा छोरो आवारा बन्यो।

यता गाउँघर रित्तो बनेका छ खेतबारी बाँझै छ्न
उता पसिनाको सिंचाइले मरुभुमी हराबरा बन्यो।

भन्न त भनेका हुन देश बनाउछु उहिलै भनेका हुन
न अहिले सम्मा घर बन्य न भत्केको धरहरा बन्यो।

महिनवारी हुदा आमालाई घर भित्र बन्देज लगाइन्छ
थाहा छ कुसंस्कार हो हाम्रो समाजमा परम्परा बन्यो।

बाउले डाक्टर बनाउन छोरालाई शहर पठा'का हुन
छोरो शहर मा मान्छे काट्दै हिड्ने हत्यारा बन्यो।

०३
झर्दा पनि आँसु आँखामा ओभानो लाग्छ
आँखै अगाडी अर्काको दु:ख सानो लाग्छ।

बहुद मान्छे छन एकसँग चिनजान छैन
त्यसैले यो शहर मलाई बिरानो लाग्छ।

खै के सम्झिएर हो सबैले प्रहार गर्छ्न ?
मलाई त मेरो दिल नि अचानो लाग्छ।

बाडीले घर बगायो बगरमै बास भएको छ
बर्षौँ भो आकाश नै घरको छानो लाग्छ।

मुक्तक
                   ०१
भ्रष्टाचारी हट्छ,बढ्छ हेर्न बाँकी नै छ ।
भोकमरी कहाँ सम्म टर्छ हेर्न बाँकी नै छ ।
खाडीका युवाहरु फर्किन्छन या फर्किदैनन्?
यो सरकारले के-के गर्छ ? हेर्न बाँकी नै छ ।
                       ०२
रुदै-रुदै घरको आगन,बाध्यताले छोडनु पर्‍यो
परदेश लागे समाल्दै मन,बाध्यताले छोडनु पर्‍यो
मलाइ पनि बिचमै पढाई छोडने रहर छ्दै थिएन
दिमाग थियोे थिएन धन,बाध्यताले छोडनु पर्‍यो.. 
                          ०३
आउनुहोस् कुर्सीका लागि जानुहोस् फरक पर्दैन
जनतालाई  ठुला आस देखाउनुहोस फरक पर्दैन
न बाउको सम्पत्ति जान्छ,न तपाई सम्पत्ति जान्छ
देशको  सम्पत्ति  हो  रित्याउनुहोस्  फरक पर्दैन

देब सजन
भेरी नगरपालिका ५ जाजरकोट

No comments:

Post a Comment