Monday 14 May 2018

सर्जना कार्की सर्गम को मन छुने गजल

गजल

तोक्छ मुल्य मान्छेले सुनलाई, के को दोष!!
छेकिदिन्छ बादलुले जुनलाई, के को दोष!!

मन चोर्दै दायाँबायाँ ढल्की, ढल्की हिड्ने!!
यस्तै हुन्छ जवानी मा उनलाई, के को दोष!!

दुनिया सबै स्वार्थी नहुन नि, सक्छ्न यहाँ!!
धर्मिले लाए लाग्छ गुणलाई, के को दोष!!

अलुने र चर्को भन्दै झर्किएर, काम छैन!!
मान्छेले नै राख्ने हो नुनलाई, के को दोष!!

सुरक्षितसाथ नराखेमा महत्व, के? बुझेर!!
उडाईलान्छ हावाले ऊनलाई, के को दोष!!

घोल्दाखेरी भईदिन्छ पानी, जस्तै यहाँ!!
सन्तुलन नमिलेमा चुनलाई, के को दोष!!

सर्जना कार्की सर्गम
सिस्ने ५ रुकुमकोट रुकुम पुर्व

No comments:

Post a Comment