Monday 14 May 2018

खगर प्यासि को मन छुने गजल

 गजल

न हात चल्छ न खुट्टा चल्छ यार अाखाहरुले।
फेरि मान्छे कसरी चलाउछ संसार अाखाहरुले।

हेर्नुस तपाईको मन र सोच्ने मगजमा भर पर्छ।
हेर्दा केबल बनाउने हो अाकार अाखाहरुले।

तिमी छल कपटको दुनिया चलाउन नखोज।
बास्तबिकता बताउछ हेर्दा मुहार अाखाहरुले।

जिवनको सफरमा जो कोहि अाफ्नो लाग्न सक्छ।
जब एका एक बनाउछ प्यार अाखाहरुले।

अरे यार म बुद्द जन्मेको देशमा जन्मेको मान्छे हुँ।
भन कसरी हेरौला अन्याए अत्याचार अाखाहरुले।

खगर प्यासि
भेरि नगरपालिका ५ जाजरकोट
हाल- काठमान्डौ

No comments:

Post a Comment