Wednesday 16 May 2018

सुर्खेतबाट हुम्लाका लागी उडेको मकालु एयरको जहाज येस्तो अवस्थामा भेटियो; दुबै पाइलटको निधन


 बुधबार ०२ जेठ २०७५
सुर्खेत : मकालु एयरको नाइन एन जेयु जहाज टुक्राटुक्रा भएको छ। १२ हजार ८ सय फिटबाट खसेको विमान तीन टुक्रा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार १२ हजार ८ सय फिटबाट खसेको थियो।

दुर्घटनामा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको छ। हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटना बुधबार बिहान जहाज दुर्घटना हुँदा सुर्खेतबाट हुम्ला कार्गो विमान लिएर गएका पाइलट र कोपाइलटको ज्यान गएको हो।

बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामाडाँडामाथिको बाहु्नखर्कमा दुर्घटनाग्रस्त भएको हो। बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्कबिहीन भएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीका अनुसार विमान १० बजेर २५ मिनेटमा बाहुन खर्कमा दुर्घटना भएको थियो।
फोटो सौजन्य : निर्प हमाल
- गोविन्द देवकोटा ( अन्नपूर्ण )

No comments:

Post a Comment