Thursday 10 May 2018

एक्सन आ सिं को मन छुने गजल

 नछोएकै पवित्र बदन प्यारो थियो
उनलाई उनकै मदन प्यारो थियो।

हिमालय चिथोर्दै गहिरी खेत जोत्दा
मलाई चैँ धूपी र चन्दन प्यारो थियो।

उठाएको प्रेरित आवाज भन्दा पनि
हंगामा मचाउने सदन प्यारो थियो।                

बाँदरको पुच्छर लौरो न हत्यार भो
त्यसैले काटिएको गर्दन प्यारो थियो।


एक्सन आ सिं
दार्मा गाउपालिका २ सल्यान हाल घोराही दाङ्ग

No comments:

Post a Comment