Thursday 10 May 2018

रुकुम को साहित्य मा उर्जाशील 'सिर्जना शर्मा ' को एउटा कविता

नाता नया जोड्नु छ !


थोत्रो भाषणले त कान भरिए कस्तो छ तिम्रो गति
कस्ले भन्छ रहेन आज घरमा उस्तै सती दुर्गती
लुट्दैछन् सबले फकाइ बिचरा छोरी सधै मारमा
बाच्नै पर्दछ आज यो मुलुकमा नारी परी धारमा !

बोल्नै हुन्न अरे अझै पुरुषको नारी हुने पिडन
साच्चै नै अझ यो जरा गढिरहे निभ्दैन केही जन
छोरी बन्धनमा रहे हर–घडी बाँचे सधैँ त्रासमा
छोरी पढ्न गए अझै पनि यहाँ रोक्छन् सबै मार्गमा !

आमाले शुरु गर्दछिन् हरघडी बिग्रन्छ है साथले
अर्काको घर नै समहाल्नु छ  भरे छोरी भयौ जातले
बच्चाको खुव ख्याल गर्नु घरको लौ गर्नु संरक्षण
जिम्मा भो उनको सबै जगतमा थुप्रै भयो शोषण

बोक्सीको उपमा दिएर बिचरा नारी तिनै मारिए
छोरी छाउ हुदा बुझेन जनले ती गोठमा सारिए
गर्भैमा तुहिदै छ जीवन कठै छोरी कसोरी बनून
बोल्नै दिन्न उता बलात्कृत हुँदा पीडा कसोरी भनून

सीताले पनि त्यै सही भुवनमा बुझ्देन क्वै त्यो कथा
हेपिन्छन् कति शास्त्रको बिषयमा झन् दाइजोको प्रथा
हे देवी अबतार धारण गरि न्यायी तिमी बन्नु छ
हेप्ने सोच विनाश पार्नु छ यहाँ नाता नयाँ जोड्नु छ !!














सिर्जना शर्मा


No comments:

Post a Comment