Thursday 10 May 2018

अरुणा पुनर्जीवन अभियान साहित्यिक चौतारी नेपालको दोस्रो शाखा साउदी अरबको सूचना

अादरणीय साउदी अरेबिया भित्र रहनुभएका विभिन्न संघसंस्थाका प्रतिनिधि , बुद्धिजीवी व्यापारी पत्रकार तथा अाम नेपाली दाजुभाइ दिदीबहिनीहरु सर्वप्रथम त स्वीकार्नुस् दर्शन नमस्कार तथा अभिवादन..

भद्रपुर ३, भीमनगर, झापा निवासी साहित्यिक चौतारी, नेपाल प्रदेश नम्बर एककी सहकोषाध्यक्ष जुझारु स्रष्टा अरुणा श्रेष्ठ 'अनु' लामो समयदेखि नशासम्बन्धी बिरामले थलिएकी र अार्थिक अभावले उपचारसमेत गर्न नसकी कष्टपूर्ण जिन्दगी बाँचिरहेकी हुँदा साहित्यिक चौतारी नेपालले स्थानीय सरकारको समेत ध्यानाकर्षण गराउँदै "अरुणा पुनर्जीवन अभियान" सञ्चालन गरिरहेको छ।

यस अभियानका निमित्त साहित्यिक चौतारी नेपालका दसवटै शाखाका सहकर्मीहरु हरेक तह र तप्काबाट सहयोग अाह्वान र सङ्कलन गर्न अाह्वान गरिरहनु भएको परिवेशमा साहित्यिक चौतारी नेपालका साउदी अरेबिया शाखा इन्चार्ज तथा केन्द्रीय सदस्य प्रकाश श्रेष्ठको संयोजकत्वमा अरुणा पुनर्जीवन अभियान उपसमिति साउदी अरेबिया गठन गरि उहाँको खातामा सहयोग संकलन गरि एकमुष्ट नेपाल पठाउने छलफल गरिएको हुँदा साउदी अरब भरि छरिएर रहनुभएका सामाजिक संघसंस्थाका अगुवा ,व्यापारी , बुद्धिजीवी पत्रकार लगायत अाम दाजुभाइ दिदीबहिनीहरु सबैलाई व्यक्तिगत तथा संस्थागत जुनसुकै माध्यमबाट भएपनि सहयोग गरि अरुणाको उपचारमा सहभागी बनेर पुन्य कमाउनुहुन हार्दिक अाह्वान गर्दछौं।

सम्पूर्ण अादरणीय सहयोग दाताहरु, अरुणा श्रेष्ठ "अनु" भरखरै नेपाली साहित्यमा उदाउँदै गरेकी प्रसस्त संभावना बोकेकी युवा स्रष्टा हुन्। नियतिको खेलले अाज उनको जिन्दगी परनिर्भर भएको छ।हातगोडाहरु चल्दैनन् टाउको अडिँदैन घरभित्रबाट अाँगन र भान्साकोठा अनि चर्पीसम्म बार बारिएको छ । उनले त्यही बारमा समाउँदै अाँगन र कोठालाई संसार सम्झनु परिरहेको यो दु:खदायी अवस्थामा पनि सकारात्मक सोच राख्दै साहित्य सिर्जना गरिरहेकी छिन्। हामी अाम यहाँहरु समक्ष हार्दिकताका साथ अपील गर्न चाहन्छौं अरुणा तपाईं हाम्री बहिनी, छोरी,चेली साथी सहकर्मी हुन्। क्रिपया सबैले केही पैसा सहयोग गरिदिनुस् अरुणालाई पुनर्जीवन दिऊँ र पहिलाझैँ स्वास्थ्य जिन्दगी फर्काइदिन तपाईं हाम्रो थोरै थोरै सहयोगले सम्भव हुनेछ भन्दै यहाँहरुले दिनु भएको सहयोगको हिसाबकिताब पारदर्शिताका साथ बिरामीकै उपचारमा खर्च गरिने बाचा गर्दै कुनै पनि जिज्ञासा भए तल फोटोमा उल्लेखित नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।












प्रकाश श्रेष्ठ
संयोजक
अरुणा पुनर्जीवन अभियान साउदि अरेबिया

No comments:

Post a Comment