Friday 11 May 2018

भद्र नकाल को संगीतमा रोइला गीत 'लिन्छु तिमीलाई सरर '

बास्तबमा हाम्रा जनजीवनका प्रत्यक्ष भोगाईहरु लोकदोहोरी  गितहरुमानै पाइन्छ। कथा ब्यथा पिडा परिवेश संस्कार संस्कृति यी सबैकुराको साझा बगैचाको हो लोक बिधा। लोक बगैचाभित्र धेरै थरिका फुलहरु फुल्छन। कतै लोकदोहोरी त कतै लोकएकल गित, कतै सिंगारु टप्पा डेउडा त कतै सालैजो। कतै रोधी पन्चेबाजा त कतै रोइला। आ आफ्ना संस्कार र संस्कृतिले भरिपुर्ण फुलहरुनै हाम्रा लोक सम्पती हुन्। यसैबिच लोक बगैँचा भित्रको एउटा बिधा रोइला गित बजारमा आएको छ।

राजन केसी र हिमाल केसीकोको रोइला गित" लिन्छु तिम्लाई सरर" भरपर्दो म्युजिक कम्पनी  हिम सम्झौता डिजिटल प्रालीबाट बजारमा आएको हो। केही समयपछी vdo बजारमा आउने उक्त गितको adoलाई कभर vdo बनाएर you.tube बाट रिलिज गरिएको छ। भद्र नकालको संगीत रहेको उक्त गितमा शब्द राजन केसी र हिमाल केसीको छ भने स्वर गायक निर्मल केसी र करिष्मा घर्तिको छ।
भिडिओ  हेर्नुस।

No comments:

Post a Comment