Friday 11 May 2018

प्रकाश श्रेष्ठ को एउटा मन छुने गजल

कस्ले दिन्छ काम मलाई माम चाहिएको छ
टाउको बेच्छु को किन्छ  दाम चाहिएको छ

कहिल्यै बुझेनन् जनताको पीडा नेताहरूले
नेपाल भित्र नेपालीलाई काम चाहिएको छ

बहादुर-बहादुर लडेर नतिजा  पाईदैन यहाँ
बरु देशभक्त  व्यक्तिको  नाम चाहिएको छ

अझै रुदै भन्छिन् आँसु झारेर नेपाल आमा
मेरा सन्तान सिक्किम असाम चाहिएको छ

महत्त्वपूर्ण संदेश दिनुपर्ने  छ  नेताहरूलाई
लेखी सकेँ  लामो चिठ्ठी खाम चाहिएको छ















प्रकाश श्रेष्ठ
राजपुर ९ दाङ्ग
हाल:साउदी अरब

No comments:

Post a Comment