Friday 11 May 2018

आधारभुत सिलाइ कटाइ सीप बिकास तालिमको उदघाटन

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा ३ भाग्लेमा आधारभुत सिलाइ कटाइ सीप बिकास तालिमको उदघाटन गरिएको छ।
उक्त तालिम गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग बिकास समिती शाखा कार्यालय रुकुम पश्चिमको आर्थिक तथा प्राबिधिक सहयोग र उत्पीडित सामुदायिक बिकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमको सहजीकरणमा तालिम उदघाटन गरिएको  हो।
उक्त  तालिमको घरेलु तथा साना उद्योग बिकास समिती प्रधान कार्यालय काठमाडौका उपकार्यकारी निर्देशक नारायणमनि लामिछानेले ब्यानर खोलेर उदघाटन गर्नु भएको थियो।आधारभुत सिलाइ कटाइ सीप बिकास तालिमको उदघाटन गर्दै उपकार्यकारी निर्देशक नारायणमनि लामिछानेले यो तालिम सहभागीहरुको लागि अबसर र चुनौती दुबै भएकोले इच्छा शक्ति लगायर हिमतका साथ प्रशिक्षकले सिकायको सीप सिक्न सहभागिहरुलाई आग्रह गर्नु भएको छ।
   उत्पीडित सामुदायिक बिकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमका अध्यक्ष खडक बहादुर बस्त्रकारको अध्यक्षता रहेको तालिम उदघाटन कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समिती प्रधान कार्यालय काठमाडौका उपकार्यकारी निर्देशक नारायणमनि लामिछानेको प्रमुख उपस्थिति रहेको थियो। त्यस्तै बाफिकोट गाउँपालिकाका गाउँपालिका अध्यक्ष एवम् वाफिकोट गाउँ उद्यम बिकास समितिका संयोजक धर्म बहादुर के सि को बिशेष उपस्थिति रहेको थियोे । त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख एवम् उद्योग अधिकृत लक्ष्मण कुमार शर्मा , मुखिया सुकदेव गौतम , उत्पीडित सामुदायिक बिकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमका कार्यक्रम संयोजक टेक बहादुर बि क उद्यम बिकास सहजकर्ता निमा बस्नेत लगायत  बाफिकोट गाउँपालिका वडा न ३ का १० जना महिला उद्यमिहरुको सहभागिता रहेको थियो ।
     ६५ दिनसम्म सन्चालन हुने उक्त तालिमको सहजीकरण प्रशिक्षक बरबल परियारले गर्नुहुने छ। उदघाटन कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता मदन बि . सि ले गर्नु भएको थियो।

No comments:

Post a Comment