Sunday 13 May 2018

लक्ष्मी मगर सङ्घर्ष को अत्यन्तै मार्मिक गजल

जीवनमा  ठूलाठूला उदेश्य बोकि पढेर के पाए
गाउघर आमाबुवाको साथ छोडी पढेर के पाए

जागिरको कुनै तुङ्गो छैन आजसम्म भनेपछि   
जिन्दगीमा  दु:ख पीडाहरु भोगि पढेर के पाए

सँगै पढेका साथी स्कुल छाडि पैसा कमाईसके
आफ्नो भने सधै नै खालि  गोजि पढेर के पाए

बरु ऐस आराम छ  पैसा कमाउनेहरुलाई यहाँ
सबैभन्दा दु:ख पाउने मै हो भोलि पढेर के पाए

बरु जो रैछ छट्टु उसैको चल्दो रैछ संसार पनि
मैले शिक्षक को प्यारो बन्दै सोझि पढेर के पाए

लक्ष्मी मगर सङ्घर्ष 
नौबहिनी गाउपालिका-5
डाम्री प्यूठान

No comments:

Post a Comment