Sunday 13 May 2018

प्रिय सुनाखरी का मन छुने गज़ल

 गजल 


 याे छाती पिडाहरूकाे बिस्तरा रहेछ।
सबभन्दा प्रिय साथी अाँखा रहेछ। 

ऊ बेला पढिएन अहिले पछुताे लाग्छ,
अाजकाे अाधार हिजाेकाे अअा रहेछ। 

अरू त स्वार्थ पूरा गरि उहीँ बाटाे फर्के 
सधैं सँगै रहने त अाफ्नै छाया रहेछ। 

भाेगाइकाे अध्ययनले यस्तो विश्लेषण गर्यो
याे जीन्दगी पनि एक पाठशाला रहेछ ।

एकातिर तिम्रो माया अर्कोतिर समाज, 
साच्चै जिबन ज्युउन कति बाधा रहेछ। 

छाेयाैँ सुनाखरी झ¥याे तिम्रो हातमा नपरी,
याे सुन्दर फूल हाे त्याे हात काँडा रहेछ । 

- प्रिय सुनाखरी

No comments:

Post a Comment