Saturday 5 May 2018

भूपेन्द्र बि.एम. 'क्यानभास'का अत्यन्तै मार्मिक गजल

गजल


जानी हो या त नजानी हो,चित्त बुझाउनु पर्छ।
एउटा  प्रेमको  कहानी हो,चित्त बुझाउनु पर्छ।

आफ्नै छोराले आफैं लाई,घाँटी रेट्न खोज्यो
श्रीमती सँगको लगानी हो,चित्त बुझाउनु पर्छ।

मेरा हरेक सपनाले उसलाई,भेटाउन सकेनन्
पाउमा रहेको सिरानी हो,चित्त बुझाउनु पर्छ।

भविष्य  बिग्रीन्छ घर  बिग्रीन्छ,रहर पूरा गर्दा
मान्छे  बिगार्ने जवानी हो, चित्त बुझाउनु पर्छ।

मुआब्जा उठाउन सरकार,घर दैलो मै आउँछ
घर आगन नै  ऐलानी  हो,चित्त बिझाउनु पर्छ।

भूपेन्द्र बि.एम. 'क्यानभास'


No comments:

Post a Comment