Saturday 5 May 2018

सर्जना कार्की सर्गम का अत्यन्तै मार्मिक गजल


गजल



कहिले तन अनि कहिले मन, देखेर रोए!!
बिग्रेको  यो    जिन्दगी  झन, देखेर रोए!!

कुहुकुहु बिरहका गाउदा भाका कोइलीले!!
उराट  लाग्दो  रन  अनि  वन, देखेर रोए!!

मनकी धनी सपनाहरु गनिगनी साचेकी छु!!
पूरा   हुन्नन   पापी   यो  धन, देखेर रोए!!

हुदा  साथ  नहुदा  घात  यस्तै  रहेछ यहाँ!!
सारा  स्वार्थी   दुनिया यो जन, देखेर रोए!!

आधुनिकता  अंगालेर  बिग्रदै छ दुनिया!!
हराएछ 😒 असल  त्यो पन, देखेर रोए!!

सर्जना कार्की सर्गम
   सिस्ने ५ रुकुमकोट रुकुम पुर्व

No comments:

Post a Comment