Saturday 5 May 2018

कमल ओली सम्राट का अत्यन्तै मार्मिक गजल

गजल

त्यसै पनि अचेल मलाई मात लाग्छ
जे गरे  पनि शून्य  मात्र  हात लाग्छ

उज्यालैमा सब थोक हुन थालेपछि
मलाई त दिन पनि यहाँ रात लाग्छ

चोखो मनले हितका कुरा गर्दा पनि
आफै लाई  सधैं किन  बात  लाग्छ

सबै बाट विश्वास उठी सकेर होला
तिम्रो माया पनि मलाई घात लाग्छ

कमल ओली सम्राट

No comments:

Post a Comment