Monday 7 May 2018

____गजल____


 
हेर्नुस् यो जीवन खास हुनेछ
मरेर एकदिन इतिहास हुनेछ ।

आउनेछ ऊ कसैलाई नछोडी
अझै पनि जिउने आश हुनेछ ।

सन्तान जन्माउनेछ गाउँ ढाक्ने
तर ऊ बूढो भने बनबास हुनेछ ।

पञ्चेबाजा ठोक्दै दुलही भित्र्याइ
श्रीमती गर श्रीमान प्रवास हुनेछ ।

हेर,त्यो पनि त फेरि पुरानै रोगले
अवस्य पनि एकदिन नाश हुनेछ ।

No comments:

Post a Comment