Friday 22 February 2019

नडराउनु न बिराउनु आमा भन्नू हुन्थ्यो ।। SIPALU KURA

____गजल ____

 नडराउनु न बिराउनु आमा भन्नू हुन्थ्यो
सानो मन नगराउनु आमा भन्नू हुन्थ्यो ।

हेर स्त्री जाली हुन्छिन बेइमान हुन्छिन
झट्टै ! मन नपराउनु आमा भन्नू हुन्थ्यो ।

देशले केहि मागे ज्यानै दिन सक्नु पर्छ
देशको शिर नझुकाउनु आमा भन्नू हुन्थ्यो ।

सुन न संस्कृति त कस्तो आउनेछ कस्तो
आफ्नो पन नहराउनु आमा भन्नू हुन्थ्यो ।

No comments:

Post a Comment