Wednesday 7 November 2018

‘मुन्द्रेको कमेडी क्लब’ले दर्शक हसाँयो त

हाँस्य सिरियल ‘जिरे खुर्सानी’बाट एकाएक चर्चामा आएका कलाकार जितु नेपाल अहिले नयाँ शो मार्फत दर्शकमाझ आएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको उनको रियालिटी कमेडी शोले दर्शकलाई कति मनोरञ्जन दियो त ?यो शोमा जितु संचालकको रुपमा छन् भने कलाकार दिपाश्री निरौला अध्यक्षको रुपमा छिन् । शोको पहिलो भागले युटुबमा राम्रो भ्यूज पाएको छ ।
संचालक जितु भन्छन्–‘हामीले अझै पनि सुधार गर्नुपर्ने कुरा धेरै छ । दर्शकलाई नयाँ खुराक पस्कन हामी तल्लिन छौ । दर्शकले दिनुभएको सुझावका आधारमा कार्यक्रम परिस्कृत हुनेछ ।’ भारतीय टेलिभिजनमा आउने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को ढाँचामा तयार पारिएको यो शोले दर्शकलाई मनोरञ्जन दिएको छ । तर, अझै पनि शोमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन
जितु नेपालले आफ्नो कमेडी लाइनलाई अझै दमदार बनाउन आवश्यक देखिएको छ । दीपाश्री निरौलाको हाँसो बनावटी भन्दा पनि वास्तविक लाग्नुपर्छ । शो हिट हुनका लागि यसमा प्रस्तुत हुने कमेडी संवाद, उपस्थित हुने अतिथीसँगको रमाइलो कुराकानी र नयाँ नयाँ स्तम्भ हो ।
जितुले एउटा जोखिमपूर्ण काम गर्ने कोशिश गरेका छन्, परिस्कृत गरेर गएको खण्डमा उनी सफल हुन सक्छन् 

No comments:

Post a Comment