Thursday 20 September 2018

गजलकार देब सजन को एउटा गजल

४असोज २०७५

गजल

आज मेरा जम्मै प्रमाणपत्रहरुमा केरकार गर्नु छ 
भोलि देश छोड्नु छ जहाजमा सवार गर्नु छ 

मृगौला बेचौँला नपुगे अाँखा पनि बेचिदिउला 
अामालाई बचाउनु छ अामाकाे उपचार गर्नु छ 

संसार जित्नेहरूले पनि मृत्यु सँग हारेका छन् 
मलाई   पुग्नु नै कहाँ  छ  र मैले हतार  गर्नु  छ 

मुटुको मुल्य ताेकेर बजारमा बिक्रीमा राखियाे भने
क-कस्ले नजर लगाउदा रैछन बिचार गर्नु छ 

आफ्नो जिन्दगी एकजोर चप्पल नपाएरै बित्ने भो 
श्रीमतीलाई राम्री बन्नु छ,उसलाई शृङ्गार गर्नु छ 

देब सजन
 भेरी नगरपालिका ५ जाजरकोट

No comments:

Post a Comment