Thursday 17 May 2018

गित संगीत मेरो जिउने आधार हो- गायक कमल ओलि सम्राट

ramrakuraa.blogspot को राम्रा कुरा मा यहाँ लाई स्वागत छ ।
हार्दिक धन्यवाद हजुर ।

तपाई को परिचय एक शब्द मा भन्नुहोस् ?
नाम कमल ओलि सम्राट घर पश्चिम् रुकुम


तपाई लाई अरु ले कसरी चिनुन भन्ने लाग्छ ?
मलाई असल मान्छे कमल ओलि सम्राट भनेर चिनुन भने लाग्छ


उसोभए भएको गाएक जस्तो लाग्दैन ?
असल मान्छे भनेर चिने पछि गायक भनेर पनि चिनु हुन्छ र म गायक मात्र नभएर सर्जकले गर्ने काम पनि गरेको छु र राजनीतिमा पनि आबद्ध छु म्यान कुरो त म एउटा student हु computer appretar job गर्छु त्यसैले धेरै काममा हात हालेको छु जुन काममा राम्रो नतिजा आउँछ त्यही काम सर्बजनिक गर्ने छु अहिलेलाई असल व्यक्ति कमल भनेर चिने काफी छ


यो नशा हो कि पेशा बनाउन चाहानु हुन्छ ?
पहिले पेसा मात्र थियो तर अहिले नसा पनि भयो
गित संगीत मेरो जिउने आधार हो



के गरुँला जस्तो लाग्छ यो क्षेत्रमा ?

गर्नु धेरै छ र त्यो मध्य एक यो पनि हो सबैको मन जितेर सफल कलाकार बने चाहाना हो



कति संभावना छ सफल बन्न ?

गाह्रो छ तर पनि आशा छ किनाकी म सधै समाजमा पच्ने दिदी भाइ आमा बुवा बसेर सुना मिल्ने सिर्जना हरु गर्छु र यथार्थ कथा ब्यथा आधारित गर्छु त्यसैले निरन्तर राम्रो काम गरे कसो दर्सकको मन जित्न!नसौला जस्तो लाग्छ



प्रसंग बदलौ

राजनीति मा पनि चासो हो कि ?

एकदमै चासो छ गित संगीत भन्दा पहिले राजनीतिमा आवद्ध भएको थिए ।।



दुई ओटै सँगै अगाडि लिन सकिएला र?

Of course पक्कै पनि लग्ने but सफल नहुला तर प्रयास गर्ने छु किनकि अब दुबै पेसा छोडने त कुरै हुदैन दुबै काममा नशा बढिसकेको छ

राजनीति गर्ने लाई गाली गर्छन् त मान्छेहरु ?
असल राजनीति गर्नेलाई होईन भष्ट्चारी राजनीति गर्नेलाइ गाली गर्छन र भष्टचारिको म लनि बिरोधि हु म भष्ट्चार गर्नाको लागि राजनीतिमा लाग्दिन जनताको आँसु पुछने चाहाना छ

राजनीति र संगीत क्षेत्रमा एउटा रोज्न सक्नु हुन्छ ?
अहिले नै रोज्न सक्दिन पछि अफ्ट्यारो स्थिति आयो भने हेरौंला

जिबन मा सबै भन्दा बढी के को बिश्वास लाग्छ ?
बिश्वास त भगवानको भन्दा पनि जनमा दिने आमा बुवाको लाग्छ

भगवान छन जस्तो पनि लाग्छ कि ?
भगवान केबल आस्था मात्र हुन भगवान छन जस्तो पनि लाग्दैन छैन् पनि

माया  तपाई को परिभाषा मा के हो ?
माया भने सब्द संसारकै अमुल्य सब्द हो यो एक अर्काको माया पाउनालाइ एक अर्को बिचमन तन मिल्नु पर्छ त्यसैले म भन्छु माया अमुल्य चिज हो यो मायाले ज्यान पनि लिन्छ र नयाँ जीवन पनि दिन्छ

आफुलाइ कति माया गर्नु हुन्छ ?
म मेरो आफ्नो ज्यानलाइ भन्दा जनमा दिने मेरो भगवान आमा बुवा र म जन्मिएको देशको अलि धेरै माया लाग्छ।

राजनीति मा मन पर्ने एक जना नेता ?
पहिले वि. पि अहिले गगन कुमार थापा

मन पर्ने गाएक ?
सबै मन पर्छ र आदरणीय दाइ राजु परियार झै धेरै मन पर्छ।

तपाई कसैले नतिर्न सकिने गुण लाएको छ कि ?
कसैले लगाको छैन अहिले सम्म लगाए पछि भनौंला



किन तपाई लाई दुख नपरेर हो कि ?

अहिले सम्म खसै दुख परेको छैन पर्छ होला कुनै दिन



तपाई को पहिलो गीत बजार मा आउनु भन्दा अघिल्लो रात को अनुभव के छ?

सर्बजनिक गर्ने गितकै बारेमा सोचेको थिए गित कति जनाको मनमा बस्छो होला भनेर



र अन्त्यमा जीवन मा एउटा इच्छा आज सम्म गर्न नसकेको केही छ ?

धेरै छन त्यस्ता अधुरा इच्छा हरु.. 



अब का तपाई को योजना पूरा होस गीत संगीत को यात्रा चिरन्तर चलिरहोस ramrakuraa.blogspot को राम्रा कुरा  मा भाग लिइदिनु भएको मा यहाँ लाई धन्यवाद छ ।



हार्दिक आभारी प्रकट गर्दै छु किनाकी आफ्नो बहुमुल्य समयलाइ खेरा फालेर म जस्तो सामान्य कलाकार लाइ आफ्नो गित संगीतको बारेमा बोल्ने केही मौका जुटाइदिनु भएको म धन्यवाद।


कमल ओलि सम्राट 

पश्चिम् रुकुम

२०७५ जेष्ट ३ गते प्रकाशित

No comments:

Post a Comment