Friday 4 May 2018

जि. एम. दिपु देपेन्द्र का एक दर्जन मुक्तक हरु





१.) 
 उज्यालो दिन र अध्यारो , रात चिनेको छु !
माया गर्ने र घृणा गर्नेको, हात चिनेको छु !
बेसार लगाउदैमा फलाम, सुन बन्दैन्  मित्र!
मैले सुन र फलामको, औकात चिनेको छु !
.
२.)
नपत्याए  लगाउनु  नजर,  मौनता  हुन्छ !
मेरो  यो  मुहारमा  सकभर, मौनता  हुन्छ !
सधैं प्यारप्यार प्यारप्यार, बोल्न जरुरी छैन !
कतिपय  प्रश्नहरुको  उत्तर, मौनता  हुन्छ !
.
३.)
न त कुनै ब्याज जस्तो, न त सावाँ जस्तो !
जिन्दगी बनेको छ अचेल, उफ्फ ! हावा जस्तो !
तिम्रो यादमा जल्दा जल्दै, अँगार भएछु !
हिजो आज त म पनि, पुरानो तावा जस्तो !
.
४.)
मेरो जिन्दगी मेरो यो, आफ्नै मनले चलाऊछ !
तिम्रो जिन्दगी अरुको, बिज्ञापनले चलाउछ !
जिन्दगी चलाउने कुरा छोड, अब भन यत्ती
धड्कन मुटुले या मुटु, धड्कनले चलाउछ ??
.
५.)
चुनौतिहरु पनि छन, अवसरहरु पनि छन् !
हरेस नखा ए जीवन, अवसरहरु पनि छन् !
म विदेशमा जान नचाहेको, यही कारणले हो !
गर्न चाहे यतै अनेकन, अवसरहरु पनि छन् !
.
६.)
निराश निराश मन-भित्र, राग बनाईदियौ !
हजार थियो जिन्दगी यो, लाख बनाईदियौ !
प्यारको नशा पिलाएर, तिमीले जिवनमा !
म बिरालोलाई बधाई छ, बाघ बनाईदियौ !
.
७.)
स्थिती पनि एकदमै असजिलो आईदिन्छ !
न"आऊनुपर्ने ठाऊँ तिरै पिलो आईदिन्छ !
राम्रा मान्छेहरुलाई मृत्युले, चाँडै लैजान्छ !
नराम्राहरुलाई भने काल ढिलो आईदिन्छ !
.
८.)
काम नचल्ने भएर, हिनेको धेरै भो !
जिन्दगीको माल डोरी, छिनेको धेरै भो !
पत्थर देखाउनु पर्दैन, ईश्वर हो भनेर !
मैले पत्थरलाई प्रष्ट, चिनेको धेरै भो !
.
९.)
मिल्छन भने सारा कुरा, मगाएर लान्छु !
नमिले भने कुनै कुरा, भगाएर लान्छु !
कति बस्छ्यौ खाली निधार, खाली सिन्दुर हेर्दै ?
त्यो सिऊदोमा अब सिन्दुर, लगाएर लान्छु !
.
१०.)
बिजयको होईन यो कुरा, पुरै पराजयको  हो !
हुन त मेरो दोष होईन, दोष त समयको हो !
हजुरले लाएको जुत्ता पनि, बीस हजारको रैछ !
हेर्नुहोस् मेरो यो चप्पल त, मात्र सयको हो !!
.
११.)
तिमीले दिएका ऊपहार, वापस गर्नुछ !
संगै बस्नुछ अनि केहि, बहस गर्नुछ !
अन्तिमपल्ट भए'नि, आऊ एकचोटी भेट !
तिमीलाई भेटी केही खुसि, पलस गर्नुछ !
.
१२.)
ढुंगा माटो र बालुवा, कंकड लगाएर !
मेरो मूर्ति नकुदाऊनु, कालिगड लगाएर !
कारण, मेरा दुश्मनले, हाँसेर जानेछन !
चोकको शालिकमै एक, थप्पड लगाएर !

No comments:

Post a Comment