Thursday 17 May 2018

मनिष चन्द `पुष्प´का उत्कृष्ट २ ओटा गज़ल

गजल १ 

माटोमा नाम लेखेर के गर्छेउ प्रिया 
यतै बस्छेउ या त उतै सर्छेउ प्रिया 

म मृत्यु को दौडिन मा पुगिसके अब 
तिमि जिवित रहन्छेउ कि मर्छेउ प्रिया  

मलाई दबैको भागमा परि सके
कस्को नामको सिन्दुर भर्छेउ प्रिया 

जीवन एक सारथि टुट्यो भने तिमि 
आफै भन कस्को भर पर्छेउ प्रिया 

गजल

ढुङ्गा धेरै ढोगे पथ्थर नै थियो 
पागाल्ना खोज्दा कठोर नै थियो 

हाँसो को परिवेश परिवर्तन हुदा  
आँखा मा आँसु बरबर नै थियो 

उ हराईरहँदा उतै तिरको बस्तिमा 
साथको खाँचो सक्भर नै थियो 

जति पीडामा हुँदा नि यी नयन 
मुस्कान चलाउने टक्कर नै थियो 


















मनिष चन्द `पुष्प´ 
भेरी नगरपालिका ७पुन्मा जाजरकोट

No comments:

Post a Comment