Tuesday 20 November 2018

हामीले आधुनिक जमानाको सपना पुरा गर्नुछ भने हाम्रो काम पनि आधुनिक नै हुनुपर्छ।


कुनै समय थियो कुनै सन्देश पठाउन परेवा को खुट्टामा चिठी लेखेर पठाइन्थ्यो। जमाना बदलिँदै गयो कुनै गाउँको मान्छेलाई भन्न लगाएर सन्देश पठाइन्थ्यो । समय बदलिंदै गयो चिट्ठी लेखेर कसैको हातमा पठाइन्थ्यो। फेरि जमाना बदलिँदै गयो प्रविधिले अर्कै रूप लियो mobile जमाना आयो त्यतिबेला साना किप्याड मोबाइल हुन्थ्यो बोलेको आवाज दुरुस्ती सुनिन्थ्यो अचम्मको मान्दै कुरा गर्थ्यौं त्यसको जस्ता आवाज छ उस्तै सुनिदैछ फेरि म्यासेज लेख्न थाल्थ्यौं लेखेर पठाउँथ्यौं उता गयो कि नाई भनेर फोन गरेर सोध्थ्यौ। मैले म्यासेज पठाएको थिए आयो कि  नै भनेर ।आएको छ भन्दा सुनेर हामी हर्षित हुन्थ्यौ। मैले पनि म्यासेज पठाउन जाने भनेर ,जमाना बदलिँदै गयो ठूला मोबाइल आउन थाले फिल्म हेर्ने गीत सुन्ने  रेडियो सुन्ने काममा प्रयोग गर्थ्यौ। अझ जमाना बदलिँदै गयो सामाजिक सञ्जालको प्रयोग हुन थाल्यो facebook, twitter ,watsaap, imo स्काइप प्रयोग गर्न थाले audio call गर्थे भिडियो कल गर्न थाले जमाना एक्कासी यसरी परिवर्तन भयो तर हाम्रो सोच परिवर्तन भएन हाम्रो योजना सपना आधुनिक जमानाका भए तर हाम्रो काम भने पुरानो जमानाको भयो हामीले आधुनिक जमानाको सपना पुरा गर्नुछ भने हाम्रो काम पनि आधुनिक नै हुनुपर्छ।

No comments:

Post a Comment